आर्थिक संकटपछि श्रीलंकामा मच्चिएको आन्दोलनले उग्र रुप लिँदा त्यहाँका राष्ट्रपति गोटवाया राजपक्षेको निवास प्रदर्शनकारीले कब्जामा लिइसकेको छ। गत मार्चको १५ बाट चर्किएको आन्दोलनको ११६ औं दिनमा त्यहाँका जनताले प्रधानमन्त्रीको निजी निवासमा पनि शनिवार आगो लगाएको छ।
प्रधानमन्त्री रानिल विक्रमसिंघे राजीनामा दिन तयार भइसकेका छन्। राष्ट्रपति राजापक्षले पनि यही बुधवार राजीनामा दिने बताएका छन्। तर राजापक्षे कहाँ भागे भन्ने कुरा अझै पत्ता लागेको छैन।
यो भन्दा अगाडि प्रदर्शनकै कारण गोटबायाका दाइ महिन्द्रा राजपक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। श्रीलंकाको राजनीति राजपक्षे परिवारको मुठ्ठीमा रहेको हुँदा त्यहाँ जनता आक्रोशित भए र परिवारविरुद्ध त्यहाँका जनताले आन्दोलन छेडे।
Protesters inside in Sri Lanka President’s house in Colombo #ProtestLK #protest #SriLankaProtests #SriLanka #SrilankaNews #SriLankaToday #July9th pic.twitter.com/QXLxDqbKdF
— Weekly Us (@WeeklyUsLK) July 9, 2022
शनिवार राष्ट्रपति निवास कब्जा गरेर प्रदर्शनकानीले स्विमिङ गर्नुका साथै जिमखानामा जिम रमाइलो गरेको भिडियो क्लिप सामाजिक सञ्जालमा छाएको छ।
Protestors enjoy a quick workout session at the gym inside President’s House.#ProtestLK #Protest #SriLankaProtests #SriLanka #TempleTrees #SrilankaNews #July9th #Colombo #protesters #RanilWickremesinghe pic.twitter.com/MJcChOD3Hi
— Weekly Us (@WeeklyUsLK) July 9, 2022
कता भागे गोटबाया?
राष्ट्रपति निवासमा प्रदर्शनीकारी प्रवेश गरेपछि राष्ट्रपति राजपक्षे भागेको समाचारहरुमा बताए पनि उनी शुक्रवार नै त्यहाँबाट निस्केको बताइएको छ। रोयटर्सले त्यहाँको रक्षा स्रोतलाई उद्धृत गर्दै यसबारे उल्लेख गरेको छ। राजपक्षे ८ जुलाई यता कोलम्बोमा नदेखिएको उल्लेख गरिएको छ।
सोही दिन राष्ट्रपति राजपक्षले इरानका राजदूतसँग भेटेका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहेको बताइएको छ।
राजनीतिक उथलपुथलपछि त्यहाँका मन्त्री हिरेन फर्नाडो र मनुषा ननयकाराले पनि राजीनामा दिएका छन्। त्यहाँको प्रहरीले अवस्था विग्रँदै गएपछि कयौं प्रान्तमा कर्फ्यु लगाएका छन्।
१५ मार्चबाट श्रीलंकामा राजपक्षे परिवारविरुद्ध आन्दोलन शुरु भएको थियो। त्यतिबेला श्रीलंका सरकारले त्यहाँ खाद्य वस्तुमा संकटकाल लगाएको थियो। त्यसको केही समयमै २ अप्रिलमा राष्ट्रपति निवासबाहिर हिंस्रक आन्दोलन भयो। सरकारले देशभर संकटकाल घोषणा गर्यो। जुन ५ दिनमै फिर्ता लियो। संकट गहिरिँदै गएपछि ४ अप्रिलमा त्यहाँका २६ जना मन्त्रीले एकैसाथ राजिनामा दिए। यसरी राजिनामा दिनेमा महिन्द्र राजपक्षेका छोरा नमल पनि सहभागी थिए।
६ मेमा विरोध प्रदर्शनले उग्र रुप लियो। जसका कारण पुन संकटकाल लाग्यो। अवस्था भड्किएपछि महिन्द्रा राजपक्षले ९ मेमा प्रधानमन्त्रीबाट राजीनामा दिए। रानिल नयाँ प्रधानमन्त्रीमा नियुक्त भए। ५ जुलाईमा रानिलले देश टाट पल्टिएको घोषणा गरे। त्यसपछि आन्दोलन पुन चर्कियो। शनिवार प्रदर्शनकारीले कोलम्बोको गल्सा हिल्समा रहेको राष्ट्रपति भवन नै कब्जामा लियो। त्यसयता राष्ट्रपति राजपक्षे कोलम्बोमा देखिएका छैनन्।
अब कसरी अघि बढ्छ शासनसत्ता?
श्रीलंकामा राष्ट्रपतिले राजिनामा दिएपछि सभामुखले नेतृत्व सम्हाल्ने व्यवस्था रहेको छ। त्यहाँका सभामुख महिन्दा यापा अभयवर्द्धना अब कार्यवाहक राष्ट्रपति बन्नेछन्। राष्ट्रपति राजपक्षले आफूलाई राष्ट्रपतिको कार्यभार सम्हाल्न तयारी गर्नु भनेर जानकारी गराएकोसमेत अभयवर्द्धनाले जनाएका छन्। अभयवर्द्धनाले नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने र नयाँ निर्वाचनमा जाने वा भावी शासनसत्ताको मार्गनिर्देश गर्ने डेलीमिरर डट एलकेले जनाएको छ।
राजनीतिक परिवारवाद, बढ्दो भ्रष्टाचारको आरोप श्रीलंकामा राजपाक्षे परिवारलाई लाग्दै आएको छ। यो परिवारका अधिकांश सदस्यहरुले देशको ठूलो अर्थतन्त्रको हिस्सा ओगट्छन्। सर्वसाधारणहरु यही परिवारवाद र भ्रष्टाचारबाट मुक्त हुन सडकमा संघर्षमा उत्रिएका हुन्।
राजपाक्षे परिवारको सत्ता
श्रीलंकामा औपनिवेशिक कालदेखि नै राजपाक्षे परिवारले सत्तालाई आफ्नो पकडमा राखेको थियो। यो खानदानको पहिलो शक्तिशाली व्यक्तिको रुपमा डन डेभिड राजपाक्षेलाई लिइन्छ। उनका छोरा डन म्याथ्यु राजपाक्षे पहिलोपटक हाम्बान्टोटा जिल्लाबाट सन् १९३६ मा स्टेट काउन्सिलमा प्रतिनिधित्व गर्थे। उनको मृत्यु सन् १९४५ मा भयो। त्यसपछिका भाइ डन अल्विन राजपाक्षे निर्वाचित भए।
सन् १९४७ मा भएको संसदीय चुनावमा राजपाक्षे परिवारवाट डन अल्विनसँगै डन म्याथ्युका छोरा लक्षमण राजपाक्षे पनि निर्वाचित भएका थिए। राजपाक्षे परिवारले लगातारमा रुपमा हाम्बान्टोटालाई आफ्नो चुनावी क्षेत्रको रुपमा लिँदै आएको छ। यस क्षेत्रबाट जर्ज राजापाक्षे (डन म्याथ्युका छोरा) र पछि महिन्दा राजपाक्षे (डन अल्विनका छोरा)ले चुनाव जित्दै आएका छन्। जर्ज पनि श्रीलंकाको मन्त्री बनिसकेका छन्।
यो परिवार श्रीलंकाको संसदमा सन् १९७७ मा भने प्रतिनिधित्व पाएन। त्यतिबेला त्यहाँको पार्टी युएनपीले जित हात पारेको थियो।
तर राजपाक्षे परिवार पुनरोदय गर्दै हामान्टोटा जिल्लाबाट महिन्दा र उनका दाइ चमाल १९८९ को चुनावमा विजयी भए। उनीहरुलाई पछि निरुपमा राजपाक्षे, बासिल राजपाक्षे र नमल राजपाक्षेले पछ्याए। उनीहरु सबै यही जिल्लाबाट विजयी हुँदै आएका छन्। यो परिवारको सम्बन्ध दसानायेके र विक्रमा सिंगे परिवारसँग पनि वैवाहिक सम्बन्ध रहँदै आएको छ। यी दुई पनि श्रीलंकाका प्रभावशाली राजनीतिक परिवार हुन्।
पछिल्लो क्याबिनेटमा राजपाक्षे परिवारका चार सदस्य थिए। राष्ट्रपति र प्रधानमन्त्री भाइ र दाइ थिए भने। उनीहरुको दोस्रो पुस्ता क्याबिनेटमा।
श्रीलंकन-अमेरिकन नागरिक बासिल रोहाना राजपाक्षे राजपाक्षे क्याबिनेटका अर्थमन्त्री थिए। उनी राष्ट्रपति र प्रधानमन्त्री दाजुभाइका कान्छा भाइ हुन्। त्यस्तै महिन्दा राजपाक्षका छोरा नमल राजापाक्षेसमेत युवा तथा खेलकुद मन्त्रीको रुपमा क्याबिनेटमा समावेश थिए।
त्यस्तै महिन्दा राजापक्षेका दाजु चमाल राजपाक्षे पनि क्याबिनेटमा सहभागि थिए। उनी २०१०-१५ त्यहाँका सांसदको सभामुख थिए। उनी २०२० देखि त्यहाँको सिंचाइ मन्त्री थिए। उनी महिन्दा राजापाक्षेका जेठा दाजु हुन्। विजयानन्द धननायके सरकारमा सन् १९५९ मा कृषि तथा भूमि मन्त्री बनेका डन अल्विन राजपाक्षेका ९ सन्तानमा चमाल सबैभन्दा जेठा हुन्।
त्यस्तै चमाल राजपाक्षेका जेठा छोरा शशिन्द्रा कुमारा राजपाक्षे पनि राज्यमन्त्री थिए। त्यस्तै वासिलका नाती निपुना रानावाका पनि त्यहाँको सांसद छन्।