PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मौसम पूर्वानुमान : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना



रासस

मौसम पूर्वानुमान : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिककदेखि सामान्य बदली रहेको छ।  प्रदेश नम्बर १ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

रातको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई प्रदेश नम्बर १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell