PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

इद मुबारक! नमाज पाठ गरेर मनाइयो इदुल जोहा

इद मुबारक! नमाज पाठ गरेर मनाइयो इदुल जोहा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :आज देशभर बकर ईद (इदुल जोहा) मनाइँदैछ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पाठ गरेका छन्।

आज काठमाडौंमा रहेको कश्मीरी मस्जिद र जामे मस्जिदमा पनि नमाज पढियो। नमान पढिसकेपछि उनीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए। देशभर रहेका अन्य मस्जिद र इदगाहमा पनि मुस्लिम धर्मावलम्बीको भीड लागेको थियो।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए। यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने परम्परा छ।

मुस्लिम धर्मावलम्बीले मंगलबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell