PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बिग्रिएको बस बनाउँदै गर्दा बस मुनी रहेका सहचालक बसले किचेर मृत्यु, चालक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

बिग्रिएको बस बनाउँदै गर्दा बस मुनी रहेका सहचालक बसले किचेर मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौंः बसले किच्दा चितवनमा एक जनाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो।

आज बिहान भरतपुरको शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बस बिग्रिएको थियो। त्यसपछि बसको चालक र सह-चालकले बस मर्मत गरिरहेको अवस्थामा बस चालकले बस स्टार्ट गरी बस अगाडी बढाउने क्रममा बसको मुनि रहेका सह-चालकको बसले किचेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बसले किचेर घाइते भएका नेपालीको  उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। प्रहरीले बसका चालकलाई भने नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell