PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सकियो फिल्म 'हिँड्दा हिँड्दै' को छायांकन



पहिलोपोस्ट

सकियो फिल्म 'हिँड्दा हिँड्दै' को छायांकन
laxman subedi/facebook

काठमाडौं: फिल्म ‘हिँड्दा हिँड्दै’ को छायांकन सकिएको छ। ललितपुरको सिकालीमा फिल्मको शनिवार 'इन्डक्याप' गरिएको हो। 

४५ दिनमा फिल्मको सम्पुर्ण छायांकन सकिएको हो। काठमाडौं उपत्यका, लमजुङ र नगरकोट लगायतका स्थानमा छायांकन भएको फिल्मलाई तीन 'सेड्युल'मा खिचिएको थियो। 

सुशिल पंगेनीको प्रस्तुतीमा तयार भएको फिल्ममा मिलन आलेमगरको निर्देशन रहेको छ। फिल्ममा आकाश श्रेष्ठ र सलोन बस्नेतका साथै रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ।

यस फिल्मलाई कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशिल पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरेको हो। पंगेनीकै लेखन रहेको फिल्ममा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ निर्माताका रूपमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell