PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

'शमशेरा' को सुटिङपछि दैनिक २० पटक नुहाउथे रणवीर, अनि गर्थे निर्देशकलाई गाली



पहिलोपोस्ट

'शमशेरा' को सुटिङपछि दैनिक २० पटक नुहाउथे रणवीर, अनि गर्थे निर्देशकलाई गाली

रणवीर कपुर अभिनित बलिउड फिल्म ‘शमशेरा’ आगामी २२ जुलाईमा प्रदर्शन हुँदैछ। पहिलो पटक डबल रोलमा देखिँदैछन् रणवीर यो फिल्ममा। 'चकलेटी ब्वाई'को भूमिकामा दर्शकले रुचाएका रणवीरको यो फिल्ममा लुक अहिले चर्चाको विषय बनेको छ बलिउडमा। 

फिल्म प्रमोसनमा लागेका रणवीरले सुटिङका क्रममा भोग्नुपरेका किस्साहरू सुनाएका छन्। एक अन्तर्वार्तामा रणवीरले आफूले फिल्मको सुटिङको क्रममा दिनमा २० पटकसम्म पनि नुहाउनु पर्ने बाध्याता आएको बताएका छन्। 

रणवीरका अनुसार निर्माण टिमले छायांकनको बेला सेटमा दैनिक १० देखि १५ किलो धुलो राख्थे। छायांकन सुरू हुँदा उक्त माटोको धुलो उडाउन सुरू गरिन्थ्यो। त्यो माटो रणवीरको आँखा, कान र मुखमा जान्थ्यो। कहिलेकाहीँ संवाद पनि बोल्न गाह्रो हुन्थ्यो। घरमा गएर कम्तिमा २० पटक नुहाउँदा पनि धुलो पूरै निस्कन गाह्रो भएको उनले स्मरण गरेका छन्। 

धूलोको समस्याले धेरै दिक्क भएका उनले मनमै निर्देशकलाई गाली गर्ने गरेको समेत बताए। तर, अहिले जब सुटिङ सेटमा गरेको मेहनतलाई पर्दामा हेरिरहेका छन्, उनले आफ्नो र सम्पूर्ण टिमको प्रयास साकार भएको महसुस गरेका छन्। यस फिल्ममार्फत रणवीरको सञ्जय दत्तसँग पुरै फिल्म खेल्ने पहिल्यैदेखिको सपना पनि पूरा भएको छ। यसअघि फिल्म ‘सञ्जु’को एउटा गीतमा सञ्जय दत्तसँग रणवीरले काम गरेका थिए। तर पूरै फिल्ममा भने काम गर्ने मौका पाएका थिएनन्।

यशराज फिल्म्सले निर्माण गरेको फिल्म 'शमशेरा' करण मलहोत्राले निर्देशन गरेका हुन्। फिल्ममा रणवीरका साथै सञ्जय दत्त र वाणी कपुरको पनि मुख्य भूमिका रहेको छ। ्

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell