PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भाषा, साहित्य, संस्कृति मुलुकका गहना : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

भाषा, साहित्य, संस्कृति मुलुकका गहना : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताएका हुन्।

भने, ‘भाषा, साहित्य, संस्कृति संगीत, नाट्यकलालगायत विधा हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरव हुन्। यसका माध्यमबाट स्वदेश तथा विदेशमा नेपालको विशिष्ट पहिचान बनाउन महत्वपूर्ण सहयोग पुग्दै आएको छ, भाषा संस्कृतिका सिर्जनात्मक अभ्यासमा योगदान गर्ने सर्जक र स्राष्टाको योगदानको कदर गर्नु राज्यको दायित्व पनि हो।’

देउवाले स्रष्टा र साधकको सम्मानबाट उनीहरुको कामको योगदान हुनाका साथै नयाँपुस्तालाई सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कर ४३ स्रष्टालाई प्रदान गरेको छ। राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कर, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको हो।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरुमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुङ्गेल, हेम पौडेल रहेका छन्। प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरुमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखत बहादुर थापा, गणेशराज जोशीलगायत रहेका छन्। महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौतलाई सम्मानित गरिएको थियो।

गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरीलाई सम्मानित गरिएको थियो भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौलालाई सम्मान गरिएको थियो। पुरस्कार छनोटका लागि मन्त्रालयको कार्यविधि अनुसार छनोट मुल समिति गठन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell