काठमाडौं : निर्देशक शोभित बस्नेतद्वारा निर्देशित फिल्म ‘बद्री बहादुर’ नेपालअघि अस्ट्रेलियामा प्रदर्शन हुने पक्का भएको छ। यस फिल्मलाई आगामी जुलाई ३० मा सिड्नी लगायत चार शहरमा रिलिज गर्न लागिएको हो।
सिनेमा रिलिजको लागि शोभित केहीदिन अघि अस्ट्रेलिया गइसकेका छन्। सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन्।
एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे हुन्। संचारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्।
अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेको फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत धिरेन शाक्य लगायतको अभिनय रहेको छ।
कमेडी जनराको फिल्म ‘बद्री बहादुर’को छायाङ्कन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ।