PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नवलपरासीबाट १२ लाखको अवैध चिनी बरामद, साढे एकलाख बराबरको कपडा पनि नियन्त्रणमा



पहिलोपोस्ट

नवलपरासीबाट १२ लाखको अवैध चिनी बरामद, साढे एकलाख बराबरको कपडा पनि नियन्त्रणमा

बुटवल : भारतबाट भन्सार छलेर ल्याएको अवैध चिनी नवलपरासी प्रहरीले बरामद गरेको छ। आइतबार बिहान नवलपरासीको बर्दघाट स्थित टिसिएन चोकबाट १२ लाख बढी मूल्य पर्ने चिनी बरामद भएको हो।

ना ६ ख २३८८ नम्बरको ट्रकमा लोड गरि चितवनतर्फ लैजान लागेको अवस्थामा ४१८ बोरा (२० हजार ८९४ केजी) चिनी फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए। बरामद चिनीको बजार मूल्य मूल्य १२ लाख ५३ हजार रहेको उनले बताए।

त्यसैगरि, आइतबार बिहान सोही स्थानमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २०१५ नम्बरको यात्रुबहाक बसबाट भन्सार छलेर ल्याएको एक लाख ५७ हजार बराबरको लेडिज सुट, जेन्ट्स टिर्सट, टप्सलगायतका कपडा बरामद भएको डिएसपी शाहीले बताए। बरामद भएको ट्रकसहित सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय जिल्लाका सीमावर्ती नाकाबाट दैनिकजसो चिनी तस्करी हुने गरेको सुचना आएपछि प्रहरीले सक्रियता बढाएको छ। प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनीसहित, कपडा, खसी बोकालगायतका अवैध सामान बरामद हुन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell