PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

मधेश प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित



पहिलोपोस्ट

मधेश प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

काठमाडौं : मधेश प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। आजको बसेको बैठकमा प्रस्तुत विधेयक सर्वसम्मतिले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका हुन्।

बैठकमा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गरेका थिए।

शनिवार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो। विधेक पारित भएसँगै प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जलेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell