PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

दक्षिण अफ्रिकामा एकैदिन दुई बारमा चल्यो गोली, १८ जनाको मृत्यु



पहिलोपोस्ट

दक्षिण अफ्रिकामा एकैदिन दुई बारमा चल्यो गोली, १८ जनाको मृत्यु

दक्षिण अफ्रिकाको जोहन्सवर्गमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। सवेटो शहरमा केही बन्दुकधारीले स्थानीय समय अनुसार मध्यराति १२: ३० बजे बारमा घुसेर गोली चलाएको प्रहरीले जनाएको छ।

गोली चलाउने समूहलाई प्रहरीले खोजिरहेको छ। उनीहरु गोली काण्डपछि मिनि बसमा बसेर भागेका थिए।

यस्तै, उत्तरपूर्वी अफ्रिकाको पिटरमारटिजबर्गमा पनि एक बारमा गोली चलेको प्रहरीले जनाएको छ। स्थानीय समय अनुसार बिहान ८:३० बजे भएको सो घटनामा चारजान मारिएका छन्। ८ जना घाइते भएका छन्।

दक्षिण अफ्रिकामा गोली काण्ड पहिला पनि हुने गर्थ्यो। ती घटनामा धेरैजसो लागूऔषध सेवा गर्ने र विभिन्न ग्यांगको संलग्न हुने गरेको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell