PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना सङ्क्रमित थपिए



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना सङ्क्रमित थपिए
फाइल फोटो

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार  ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ३१ जना सङ्क्रमण मुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ सय ७८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो केही दिनयता देशभर संक्रमितको सङ्ख्या बढ्दै गएको छ। तर सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने शून्य नै छ।

हालसम्म सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ११ हजार ९ सय ५२ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell