PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि रायसुझाव



पहिलोपोस्ट

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि रायसुझाव

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो।

उक्त ऐनको परिच्छेद-५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेल [email protected] मा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ।

 राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो। सामान्यतया बजेट पेश भएको एक महिनापछि मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ। आर्थिक वर्ष २०७९-८० को बजेट जेठ १५ गते सङ्घीय संसद्मा पेश भएको थियो।

मौद्रिक नीतिमा अल्पकालीन कर्जाको व्याजदर, मुद्रा आपूर्ति, मुद्रास्फीति नियन्त्रण गर्ने तथा मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउन लक्ष्य लिइएको हुन्छ। अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने विषय मौद्रिक नीतिले निर्धारण गर्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell