PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

परराष्ट्रमन्त्री खड्का र सीपीसीका विदेश सम्पर्क विभागका मन्त्री चियानचाओबीच भेटवार्ता



पहिलोपोस्ट

परराष्ट्रमन्त्री खड्का र सीपीसीका विदेश सम्पर्क विभागका मन्त्री चियानचाओबीच भेटवार्ता
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश सम्पर्क विभागका मन्त्री लिउ चियानचाओले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन्। लिउले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन्।

परराष्ट्र मन्त्रीलाई भेट्न टोली सिंहदरबार पुगेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार उनले भोलि (सोमवार) राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell