PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नेपाल र नामिबिया भिड्दै, पाँचौ स्थानका लागि संघर्ष



पहिलोपोस्ट

नेपाल र नामिबिया भिड्दै, पाँचौ स्थानका लागि संघर्ष
फाइल फोटो

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजमा आज नेपाल र नामिबिया भिड्दैछन्। स्कटल्याण्डको कम्बुस्डोन स्टेडियममा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ। 

सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ। आजको खेलमा जित निकाल्ने टोली लिग २ को पाँचौ स्थानमा रहने छन्। हाल १६ खेलबाट १५ अंक जोडेर नेपाल पाँचौ र १५ खेलबाट १४ अंक जोडेर नामिबिया छैटौं स्थानमा छ। यी दुई टोलीबीच एक स्थान र एक अंकको फरक रहँदा आज जितेर २ अंक जोड्ने टोलीले पाँचौं स्थान बनाउने छ। 

नेपाली टोली अमेरिका र ओमनसँग सिरिज खेलेर फर्किए पछि यो सिरिजका लागि तयारी सुरु गरेको थियो। तर, नेपाल फर्किएर खासै तयारी गर्न नभ्याएको नेपालले क्यानडामा स्थानीय टोली र क्यानडाको टोलीसँग तयारी गरेको नेपालको तयारी भने बलियो देखिँदैन। यसले पछिल्लो समय उच्च लयमा देखिएको नामिबियालाई फाइदा हुनेछ। तर, सिरिजको पहिलो खेलमा नामिबियाले घरेलु टोलीसँग ७७ रनको फराकिलो हार ब्यहोर्दै सुरु गरेको हुँदा नेपाललाई आत्मविश्वास राम्रो हुनेछ।

अंकतालिकामा को कहाँ?

क्रिकेट विश्वकप लिग २ का सबै ३६ खेल खेलेर ४४ अंक जोड्दै ओमन शीर्षस्थानमा छ। त्यस्तै प्रतियोगितामा सबैभन्दा कम हार ब्यहोरेको टोली स्कटल्याण्ड २१ खेलबाट ३० अंक जोड्दै दोस्रो स्थानमा तथा २२ खेलबाट २६ अंक जोडेको यूएई तेस्रो स्थानमा छ। चौथो स्थानमा २४ खेलबाट २३ अंक जोडेको अमेरिका रहँदा नेपाल १६ खेलबाट १५ अंक जोड्दै पाँचौ स्थानमा छ। त्यस्तै छैटौं स्थानमा १५ खेलबाट १४ अंक जोडेको नामिबिया तथा सातौं स्थानमा २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell