PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

आबेको हत्यापछि भएको चुनावमा लिबरल डेमोक्रेटिम पार्टीलाई बहुमत, संविधान संशोधन गर्न सक्ने



पहिलोपोस्ट

आबेको हत्यापछि भएको चुनावमा लिबरल डेमोक्रेटिम पार्टीलाई बहुमत, संविधान संशोधन गर्न सक्ने
Photo : BLOOMBERG / JAPAN TIMES

जापानमा भएको माथिल्लो सदनको निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको छ। पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या पछि आइतवार भएको निर्वाचनमा सो पार्टीले दुई तिहाईभन्दा बढी सिट जितेको हो।

आबे सोही निर्वाचनका लागि प्रचारप्रसारमा रहँदा शुक्रवार उनको गोली हानी हत्या गरिएको थियो। सो घटना पछि पनि तय कार्यतालिका अनुसार नै निर्वाचन भएको थियो।

आबे देशको संविधान संशोधन गर्न चाहन्थे। दोस्रो विश्वयुद्धपछि बनेको संविधानमा संशोधन गर्न उनलाई माथिल्लो र तल्लो सदनमा बहुमत चाहिन्थ्यो। ‘आबेनोमिक्स’का प्रवक्ता आबे संविधानमा उल्लेख भएको ‘जापान एक शान्तिवादी देश हो’ भन्ने वाक्य हटाउन चाहन्थे। तर उनी सफल हुन सकेका थिएनन्। अब भने उनको पार्टी संविधान बदल्न सक्ने शक्तिका साथ अघि आएको छ। लिबरल डेमोक्रेटिक पार्टीले दोस्रो विश्व युद्धपछि बनेको संविधान कहिलै संशोधन नभएको भन्दै परिवर्तनको आवश्यकताबारे वकालत गर्दै आइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell