PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रहरीलाई हतियार किन्ने प्रक्रियामा एमालेको विरोध, सांसद सिलवालले भने : प्रहरीलाई हतियार होइन ब्यारेक चाहिएको छ



पहिलोपोस्ट

प्रहरीलाई हतियार किन्ने प्रक्रियामा एमालेको विरोध, सांसद सिलवालले भने : प्रहरीलाई हतियार होइन ब्यारेक चाहिएको छ

काठमाडौं : रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णय विरुद्ध प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको छ।

नेपाल प्रहरीले ८४ करोडको हतियार किन्ने प्रक्रिया सुरु गरेको थियो। देशमा विदेशी सञ्जिती मुद्दा अभाव भइरहेको समयमा ८४ करोडको किन्न लागेपछि विरोध भएको हो। प्रतिनिधिसभामा बोल्दै एमालेका सांसद नवराज सिलवाले हतियार अहिले नेपाल प्रहरीको लागि आवश्यक नभएको बताएका छन्। हतियार किन्ने प्रक्रिया राष्ट्रघाती भएको र कमिसनको लोभले हतियारको खेल भइरहेको बताएका हुन्।

'नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन। नेपाल प्रहरीलाई अहिले ब्यारेक चाहिएको छ। नेपाल प्रहरीलाई अहिले प्रविधि चाहिएको छ। जसरी हतियार किन्ने कुरा आइरेका छन् यो धोका हो।' सांसद सिलवालले भने।

नेपाल प्रहरीले १ हजार १ सय ५० थान सट गन, १ हजार थान पेस्तोल, २५ हजार थान ग्यास सेल लगायतका हतियारहरू किन्ने तयारी गरेको थियो।

सांसद सिलवालले हतियार खरिद प्रक्रिया लाभ कमाउने योजना मात्र भएको आरोप लगाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell