PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

डढेलोले विश्वको सबैभन्दा ठूलो रुख खतरामा



पहिलोपोस्ट

डढेलोले विश्वको सबैभन्दा ठूलो रुख खतरामा
Photo : CNN

क्यालिफोर्नियामा बढ्दै गरेको डढेलोका कारण विश्वकै सबैभन्दा ठूलो रुख भएको क्षेत्र जोखिममा परेको छ। योसेमाइट नेशनल पार्कमा रहेको ठूलो र पुराना रेडउड (रक्तचन्दन)का रुखहरु संकटमा परेको बीबीसीले जनाएको छ। पछिल्लो २४ घण्टामा डढेलो तीब्र गतिमा बढ्दै गएको र हालसम्म १ हजार ५९१ एकर जमिन डढेलोका कारण नष्ट भइसकेको छ।

डढेलोले ५०० भन्दा बढी ‘जायन्ट सेकोएस’ सहित ३ हजार वर्ष पुरानो ‘ग्रिज्जली जायन्ट’ पनि खतरामा परेको छ। कतिपय रुखहरु डढेलोले नष्ट भइसकेको छ।  

रुखहरु बचाउन डढेलो नियन्त्रणलाई तीब्रता दिइएको त्यहाँको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ। डढेको कारणबारे अहिले अनुसन्धान भइरहेको छ। सुख्या मौसमका कारण डढेलो नियन्त्रणमा गाह्रो भइरहेको अधिकारीहरुले बताएका छन्। गत वर्षपछि डढेलोका कारण क्यालिफोर्नियामा सयौं ठूला र पुराना रुखहरु नष्ट भएका थिए। यो वर्षमात्र अमेरिकामा ३५ हजारभन्दा बढी डढेलो घटना ‘रेकर्ड’ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell