PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आइजी विवादको मुद्दामा सुनुवाई भएन, शुक्रवारलाई पेशी तोकियो



पहिलोपोस्ट

आइजी विवादको मुद्दामा सुनुवाई भएन, शुक्रवारलाई पेशी तोकियो

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुन सकेन। अर्को पेशी शुक्रवारलाई तोकिएको छ।

कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा आज पेशी तोकिएको थियो। तर, सरकारी वकिलहरु नआएपछि सुनुवाइ हुन नसकेको हो।

उक्त मुद्दामा बैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो। तर, सुनुवाइ नभई स्थगित भयो। जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेको थियो।

सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए। एआइजी विश्वराज पोखरेलले सिंहलाई नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा तानिएको हो।

यता एआइजी पोखरेलको बिदा सकिए पनि प्रहरी प्रधान कार्यालयमा उपस्थित भएका छैनन्। उमेर हदको कारण साउन तेस्रो साताबाट एआइजी पोखरेलले अवकास पाउँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell