PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

'नेपाली क्यारिकेचर २०७९' मा सत्यमोहनदेखि बालेनसम्म



पहिलोपोस्ट

'नेपाली क्यारिकेचर २०७९' मा सत्यमोहनदेखि बालेनसम्म
Nafama Caricature

काठमाडौं: नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी भइरहेको छ। हिजोदेखि सुरू भएको उक्त प्रदर्शनी तीनदिनसम्म चल्नेछ। नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर प्रदर्शनमा राखिएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको हो।

वि.सं २०७४ सालदेखि नै नियमित रूपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै आएको हो। कोरोना महामारीका समयमा भने भर्चुअल रूपमा प्रदर्शन गरिएको थियो।

प्रदर्शनीमा ४२ जना कलाकारले बनाएका चार दर्जन बढी क्यारिकेचर राखिएको छ ।

नाफा परिसरमा तीन दिनसम्म चल्ने  प्रदर्शनीमा हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा), नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा,सुनील पोखरेल, सीताराम कट्टेल (धुर्मस) क्यारिकेचर राखिएको छ। त्यस्तै, शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज कलाकार किरण मानन्धर, पत्रकार ऋषि धमला, काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) लगायतका व्यक्तिहरूको क्यारिकेचर देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell