PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

किन गठन भयो एकीकृत समाजवादी ? माधव नेपालले खुलाए कारण



पहिलोपोस्ट

किन गठन भयो एकीकृत समाजवादी ? माधव नेपालले खुलाए कारण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट फुटेर नयाँ पार्टी गठन गर्नुको कारण बताएका छन्। कैलालीमा आज आयोजित कार्यक्रममा उनले राष्ट्र र जनताको हितका लागि नै नेकपा एकीकृत समाजवादी पार्टी बनेको बताएका हुन्।

उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर नचल्ने बताए। नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको दाबीसमेत गरेका छन्।

‘यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ’, नेपालले भने, ‘पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ।‘

यस्तै, उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुनेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell