PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर पक्षको प्रदर्शन, सुरक्षा व्यवस्था कडा बनाइयो

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर पक्षको प्रदर्शन, सुरक्षा व्यवस्था कडा बनाइयो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कांग्रेस नेता शेखर कोइराला पक्षका कार्यकर्ताहरुले विरोध तथा नारा जुलुस गरेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो।

आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक अघि नै कार्यालय अगाडि विरोध तथा प्रदर्शन भइरहेको छ। 'विधानलाई मान्ने कि व्यक्तिलाई? भ्रातृ संस्था काँग्रेसलाई आवश्यकता छ कि छैन? विधान मान्ने कि विधि?' लगायतका नारा लेखिएका व्यानर बोकेर प्रदर्शन भइरहेको छ।

उनीहरुले पार्टी कार्यालयको प्रवेशद्वारमा नै नाराबाजी र अवरोध गर्दा प्रहरीले त्यहाँ आएका गाडीहरुलाई सुरक्षित तरिकाले भित्र प्रवेशका लागि प्रयास गरिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell