PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने विधेयक पारित



पहिलोपोस्ट

काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने विधेयक पारित

काठमाडौं : काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने र त्यसक्रममा प्रदेश प्रहरीसँग समनव्य गर्ने व्यवस्था सहितको विधेयक पारित भएको छ। आजको प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेका विधेक पारित भएको हो।

प्रतिनिधिसभामा आज नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक पेस भएको थियो। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७९ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) २०७९ पेस गरेका थिए।

काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने र त्यसक्रममा प्रदेश प्रहरीसँग समनव्य गर्ने व्यवस्था सहितको विधेयक पेस गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell