PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

शेखर पक्षले प्रधानमन्त्री देउवालाई पार्टी कार्यालय प्रवेश गर्नबाट रोक्न खोज्यो, प्रहरीसँग घम्साघम्सी

शेखर पक्षले प्रधानमन्त्री देउवालाई पार्टी कार्यालय प्रवेश गर्नबाट रोक्न खोज्यो, प्रहरीसँग घम्साघम्सी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेका छन्। केन्द्रीय समितिको बैठकका लागि उनी कार्यालय पुगेका हुन्।

देउवा कार्यालयको प्रवेशद्वार पुग्दा नेता शेखर कोइराला पक्षधरका कार्यकर्ताहरुले रोक्न खोजेका थिए। कोइराला पक्षका कार्यकर्ताहरुले सानेपा परिसरमा विरोध तथा नारा जुलुस गर्दै आएका छन्। प्रधानमन्त्री देउवा आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

देउवा पुगे लगत्तै कार्यकर्ताहरुले नाराबाजी गर्दै गाडी रोक्न खोजेका थिए। त्यसक्रममा प्रहरी र शेखर पक्षका कार्यकर्ताबिच घम्साघम्सी परेको थियो। उनीहरुले'विधानलाई मान्ने कि व्यक्तिलाई? भ्रातृ संस्था काँग्रेसलाई आवश्यकता छ कि छैन? विधान मान्ने कि विधि?' लगायतका नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell