PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

आफ्नै सरकारले पेस गरेको विधेयकमा डिलाको असन्तुष्टि, ‘हदम्यादले अपराधका घटनालाई नियन्त्रण गर्न सक्छ?’



पहिलोपोस्ट

आफ्नै सरकारले पेस गरेको विधेयकमा डिलाको असन्तुष्टि, ‘हदम्यादले अपराधका घटनालाई नियन्त्रण गर्न सक्छ?’

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले संसदमा पेस गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०७९’ प्रति असन्तुष्टि जनाएकी छिन्। संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले नेपालमा भयावह ढंगले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्र संघको उदाहरणलाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने बताइन्। जघन्य अपराधमा हदम्याद राखिएकोमा पनि उनले असन्तुष्टि जनाइन्।

‘बलात्कारका घटनाहरु, जब्बरजस्ती करणीका घटनाहरु डरलाग्दो भयावह रुपमा समाजमा निरन्तर घटीरहेको छ। त्यसैले यो घटना मानवता विरोधी घटना हो। यो क्रुरता हो। यसले हरेकको मनलाई छोएको छ। त्यसैले यो कानुनमा केही सुधार हदम्याद २ वर्ष, ३ वर्ष भनेर आएको रहेछ। यो हदम्यादले मात्रै समाजमा विद्यमान अपराधका घटनालाई नियन्त्रण गर्न सक्छ? यो घटना न्यूनिकरण हुन सक्छ? त्यसैकारण प्रतिवेदनलाई अध्ययन गर्ने हो भने विभिन्न अनुसन्धानले के भन्छ भने नेपालको सन्दर्भमा ५० प्रतिशत जब्बरजस्ती करणीका घटनाहरु उजुरी दर्ता गर्न जान्छन। ५० प्रतिशत हिंसा सहेर बस्न बाध्य छन्। बलात्कारका घटनालाई हेर्ने हो भने औसत ६-७ जनालाई बलात्कार हुन्छ। बलात्कारको प्रयास हुन्छ। धेरैजसो बलात्कार आफ्नो साथी र छरछिमेकबाट हुने गरेको छ। एकदमै भयावह ढंगले यो जब्बरजस्ती करणीको घटना घटेका छन। यस्ता घटनालाई रोक्न विधेयकमा गरिएको दण्ड सजायको जरिवानाले मात्रै हुन्न,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell