
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीमा प्रहरी निरीक्षकबाट बढुवा भएका प्रहरीलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन्।
आज ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। महानिरीक्षक अर्यालले पदोन्नतीसँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यावसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका ५६ जना अधिकृतहरु रअवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठलाई बढुवा सिफारिस गरेको थियो।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।