PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस केन्द्रीय समितिमा गठबन्धनबारे मन्थन हुने, 'आकर्षक घोषणापत्र बनाउने तयारी गर्नुपर्छ'



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समितिमा गठबन्धनबारे मन्थन हुने, 'आकर्षक घोषणापत्र बनाउने तयारी गर्नुपर्छ'

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यले पार्टीको सम्पूर्ण ध्यान आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा केन्द्रित हुनुपर्ने बताएका छन्। सानेपामा केन्द्रीय समितिको बैठकका क्रममा प्रतिक्रिया दिँदै उनले निर्वाचनका लागि घोषणा पत्र तयार गर्नुपर्ने बताएका हुन्।

‘सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्छ। चार महिनापछि निर्वाचन हुँदैछ। आकर्षक घोषणापत्र तयार गर्नुपर्छ। आवश्यक रणनीति तयार गर्नुपर्छ। त्यसमै कांग्रेस लाग्नुपर्छ। कांग्रेसको एक मात्रै प्राथमिक विषय निर्वाचन हो,’ उनले भने।

पौडेलले पार्टी भित्र बृहत् एकता कायम गर्नुपर्छ र भातृसंस्था लगायतमा देखिएका समस्याहरु समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

आजको बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक उपसभापति पूर्णबहादुर खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए। निर्वाचन प्रचार समितिका संयोजक प्रकाशशरण महतले पनि प्रतिवेदन पेस गरिरहेका छन्।

पौडेलले केन्द्रीय समितिको बैठकले पार्टिका आन्तरिक जीवनका सबै समस्या समधान गर्नेगरि निर्णय हुने दाबी गरे।

‘नेतृत्वलाई थप बलियो बनाउने र नेतृत्वले सबैलाई समेटछ भनेर विश्वास दिलाउने गरि बैठकले निर्णय गर्छ,’ उनले भने।

पौडेलले बैठकमा गठबन्धनको समीक्षा हुने पनि बताए। ‘गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने विषयमा पनि निर्णय हुन्छ। गणितीय ढंगबाट भन्दा वैचारिक रुपमा गठबन्धन गरेर जाने कुरा हुन्छ। सरकारका बारेमा समेत पनि छलफल हुन्छ। मल, पाठ्यपुस्तक र आलोकप्रिय निर्णयका सन्दर्भमा पनि छलफल हुन्छ,’ उनले भने।

यस्तै, अर्का केन्द्रीय सदस्य एनपी साउदले बैठकमा नेपाल आदिवासी जनजाति महासंघ र नेपाल थारु संघलाई भ्रातृ संस्थाको मान्यता दिने र अन्य ५ जातीय संस्थालाई जनजाति महासंघमार्फत अघि बढाउने प्रस्ताव आजको बैठकमा रहेको बताए।

‘११ वटा शुभेच्छुक संस्थालाई मान्यता दिनेमा छलफल हुनेछ। विभाग गठनको कुरा सभापतिले नै गर्नुहुन्छ। विधानअनुसार उहाँलाई नै अधिकार छ,’ उनले भने।

साउदले बैठकमा गठबन्धन सरकारको समीक्षा पनि हुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell