
काठमाडौं: नामिबिया क्रिकेट टोलीले नेपाल विरुद्ध टस जितेर ब्याटिङमा उत्रने भएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नामिबियाले टस जितेर बलिङ रोजेको हो। आजको खेलबाट बसीर अहमेदले नेपालबाट एकदिवसीय डेब्यु गरेका छन्।
सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ। आजको खेलमा जित निकाल्ने टोली लिग २ को पाँचौ स्थानमा रहने छन्। हाल १६ खेलबाट १५ अंक जोडेर नेपाल पाँचौ र १५ खेलबाट १४ अंक जोडेर नामिबिया छैटौं स्थानमा छ। यी दुई टोलीबीच एक स्थान र एक अंकको फरक रहँदा आज जितेर २ अंक जोड्ने टोलीले पाँचौं स्थान बनाउने छ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसीर अहमेद, सोमपाल कामी, आदील आलम अन्सारी