PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

थप १ सय ६८ जनामा कोरोना सङ्क्रमण



पहिलोपोस्ट

थप १ सय ६८ जनामा कोरोना सङ्क्रमण

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार  ३ हजार २० जनाको परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण देखिएको हो। यो अवधिमा ३७ जना कोरोना मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ७ सय ७० रहेको छ।

सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ। अहिलेसम्म देशभर सङ्क्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell