PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले गर्‍यो २५ हजार रुपैयाँ जरिबाना



पहिलोपोस्ट

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले गर्‍यो २५ हजार रुपैयाँ जरिबाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिबाना गरेको छ। काठमाडौं महानगरका मेयर वालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत खोलामा फोहोर फाल्ने कम्पनीलाई नियम अनुसार जरिबाना गरिकएको जानकारी दिएका छन्।

धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको भाइरल भएपछि महानगरले सो कार्यमा संलग्न पाक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिबाना तिराएको हो।

‘सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ। सो सामग्रीको छानबिन गरी उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिबाना गरेका छौँ,’ बालेनले भनेका छन्।

 

धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको सामाजिक सञ्जालमा भाइरल भएको थियो। सो कार्यको सर्वत्र विरोध भएपछि महानगरले यस्तो कदम चालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell