PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मतीमा सरकार परिवर्तन गर्न केन्द्र नै लाग्नुपर्छ : इन्द्र बानियाँ



पहिलोपोस्ट

वाग्मतीमा सरकार परिवर्तन गर्न केन्द्र नै लाग्नुपर्छ : इन्द्र बानियाँ

काठमाडौं : नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तन गर्न केन्द्रीय नेतृत्व नै लाग्नुपर्ने बताएका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकका क्रममा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्नेमा जोड दिएका हुन्

गठबन्धनमा वाग्मती प्रदेश सरकारको नेतृत्व ६ महिना एकीकृत समावादी र अर्को ६ महिना कांग्रेसलाई दिने सहमति भएको थियो। जस अनुसार एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए। तर, ६ महिनाभन्दा बढी बित्दा पनि प्रदेशमा सरकार परिवर्तन भएको छैन। बजेट र स्थानीय निर्वाचनलाई देखाएर सुरुमा सरकार परिवर्तन गरिएन। बजेट पारित भएलगत्तै पाण्डेलाई सरकार छाडेर सहमति पालना गर्न कांग्रेस र नेकपा माओवादी केन्द्रले दबाब दिएको थियो। कांग्रेस र माओवादी सांसदले हस्ताक्षरसमेत संकलन गरेका थिए।

बानियाँले काठमाडौं नै आएर सरकार परिवर्तनका लागि लबिङ गरेका थिए। तर, उनी सफल भएनन्। त्यसैले आजको बैठकमा बानियाँले सहमति पालना गराउन जोड दिएका थिए।

भने, ‘ वाग्मतीमा सरकार परिवर्तनका लागि केन्द्र नै लाग्नुपर्छ।’

सरकार परिर्वतनको लागि जोड दिएका बानियाँले गठबन्धनलाई भने बलियो बनाएर अघि बढाउनपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell