PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

देउवा एकलरुपमा अघि बढेको शेखरको आरोप : गठबन्धनमाथि प्रश्न उठाउँदै गरे नीति अधिवेशनको माग, १२ बुँदामा के के भने ?



पहिलोपोस्ट

देउवा एकलरुपमा अघि बढेको शेखरको आरोप : गठबन्धनमाथि प्रश्न उठाउँदै गरे नीति अधिवेशनको माग, १२ बुँदामा के के भने ?

काठमाडौं : कांग्रेस केन्द्रीय समितिको बैठकमा शेखर कोइरालाले गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका छन्। स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर पार्टीले केही बढी सिट जिते पनि पार्टीको आदर्श र सिद्धान्त मिचिएको उनले आरोप लगाएका छन्।

गठबन्धनले अन्य पार्टीलाई बढी फाइदा पुगेको उनको दाबी थियो। यस्तै, कांग्रेसलाई एक ढिक्का बनाएरमात्रै तालमेल गरेको भए राम्रो हुने उनले बैठकमा बताएका थिए।

‘तालमेल र आगामी निर्वाचनबारे हामीले पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा गर्नुपर्छ। हामी यसबाट भाग्न सक्दैनौं। हामीलाई त्यस्तो छुट छैन,’ शेखरले भनेका छन्।

उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि ‘गठबन्धन भए पार्टीका साथीहरुलाई न्याय हुन्छ त’ भनेर प्रश्न समेत गरेका छन्। उनले गठबन्धनमा रहेका दलका नेताहरुले कांग्रेसको आलोचना गरिरहेको प्रति पनि नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

बैठकमा शेखरले महाधिवेशनबाट नेतृत्वमात्र चयन भएको तर नीतिमाथि बहस नभएको बताउँदै नीति अधिवेशनको माग गरेका छन्। शेखरले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एकल र एकपक्षीय ढंगले अघि बढेको आरोप लगाएका छन्।

शेखरले देउवा सरकारले राष्ट्रियसभामा दर्ता गराएको संवैधिक परिषद् सम्बन्धी विधेयकको पनि विरोध गरे। ‘के हामीले अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिने खोजेको हो,’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ल्याइएको विधेयकको सन्दर्भ जोड्दै उनले प्रश्न गरे।

यस्तै, उनले महँगी र बेरोजगारी बढेको, अर्थतन्त्र संकटमा परेको, गभर्नर प्रकरण लगायतका विवादमा सरकार फसेको भन्दै देउवा सरकारलाई जिम्मेवार बन्न आग्रह पनि गरेका छन्।  उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोगलाई पनि टंगोमा पुर्‍याउन माग गरेका छन्।

‘यस्ता जटिल विषयहरुलाई समयमै निर्क्यौल नगर्दा आगामी निर्वाचनमा यसले पार्टीलाई असर गर्छ,’ उनले चेतावनीदिँदै अन्तिमा भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell