![लामिछानेले लिए ४ विकेट, नेपाललाई नामिबियाको २ सय २१ रनको लक्ष्य](https://pahilopost.com/assets/upload/contentthumb/279885926_374639104692476_3542509585718841231_n2.jpg)
काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको हो।
नामिबियाका लागि जान निकोल लफ्टी एटोनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा डिभन ले ककले ४१ रन बनाए। त्यस्तै कप्तान गेरहार्ड एरासमसले २२ रन बनाउँदा क्राइग विलियम्सले २१, डेभिड विसे र लो-हान्द्रे लोउरेन्हसले समान १८ रन बनाए।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरी र बसीर अहमेदले समान १ विकेट लिए। आजकै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका अहमेदले २.४० को इकोनमीमा ७.३ ओभर बलिङ गरेर १ विकेट लिएका हुन्।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।