PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सिन्जो आबेको आज अन्तिम संस्कार हुँदै



पहिलोपोस्ट

सिन्जो आबेको आज अन्तिम संस्कार हुँदै
Photo : Getty Images

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको आज अन्तिम संस्कार गरिने भएको छ। गत शुक्रवार एक चुनावी सभाका क्रममा उनको गोली हानी हत्या गरिएको थियो।

कडा सुरक्षाबिच टोकियोस्थित एक बौद्ध मन्दिरमा उनको अन्तिम संस्कार गरिनेछ। प्रार्थना सभामा परिवार र नजिकका साथीहरु उपस्थित हुनेछन्। सो सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदा लगायत नेताहरु पनि सहभागी हुनेछन्।

आबेको हत्या भएकै स्थानबाटै प्रहरीले ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। आबेको सुरक्षामा कमजोरी भएको भन्दै प्रहरीले आन्तरिक अनुसन्धान पनि गरिरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell