PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

सर्ट फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक



पहिलोपोस्ट

सर्ट फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

काठमाडौं : सर्ट फिल्म ‘समय र सम्बन्ध’ रिलिज भएको छ। डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत छोटो फिल्म सार्वजनिक गरिएको छ।

सेलिब्रेटी नेपालले निर्माण गरेको सर्ट फिल्ममा उत्तम अधिकारीले निर्देशन रहेको छ। संचारकर्मी रघुनाथ सापकोटाले कथा रहेको यस फिल्मको पटकथा/संवाद सुजन खतिवडाले लेखेका हुन्।

१२ मिनेट लामो यस फिल्मले समय दिन नसक्दा सम्बन्धमा आउन सक्ने समस्याहरूलाई प्रस्तुत गरेको छ। जति नै व्यस्त भएपनि सम्बन्धमा समय दिनुपर्ने यस सर्ट फिल्मको सन्देश हो।

यस फिल्ममा सुरज अधिकारी,स्मृति बस्नेत र साहारा कोइरालाको अभिनय रहेको छ। बिनोद सापकोटाले छायाङ्कन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell