PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

उपसभामुख र उपाध्यक्षको पदपूर्ति नभएको भन्दै वामदेवले भने : पुरुष अनिवार्य भनिएको भए खाली हुने बित्तिकै पूरा हुन्थ्यो



पहिलोपोस्ट

उपसभामुख र उपाध्यक्षको पदपूर्ति नभएको भन्दै वामदेवले भने : पुरुष अनिवार्य भनिएको भए खाली हुने बित्तिकै पूरा हुन्थ्यो

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण प्रतिनिधिसभामा उपसभामुख र राष्ट्रियसभामा उपाध्यक्षको रिक्त पदपूर्ति हुन नसकेको बताएका छन्।

मंगलवार राष्ट्रियसभामा विशेष समयमा गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन्। उहाँले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताएका हुन्।

उनले गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने बताए।

‘संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था छ। त्यसमा प्रतिनिधिसभामा पनि र राष्ट्रिय सभामा पनि उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना छैन। यसको अक्षर र भावनामा जाने हो भने हरेक ठाउँमा अध्यक्षसँगै उपाध्यक्ष पनि आउँछ। त्यसमध्ये एक अनिवार्य रुपमा महिला हुनुपर्नेछ। यसको अर्थ के पनि हुन्छ भने पुरुष महिलामध्ये पुरुष नभएपनि हुन्छ तर महिला अनिवार्य हुनुपर्छ। किनभने महिला अनिवार्य भनेर लेखिएको छ,’ उनले भने, ‘राष्ट्रिय सभामा उपाध्यक्ष नभएको ४ महिना भइसक्यो। यहाँ पुरुष अध्यक्ष र महिला उपाध्यक्ष हुने व्यवस्था हो। संविधानमा भएको धाराको व्याख्या गर्दा महिला मात्रै दुवै पदमा रहँदा पनि सही हुन्छ। अध्यक्ष र उपाध्यक्ष दुवै महिला हुँदा संविधानको भावनालाई असर गर्दैन। प्रतिनिधि सभामा लाजमर्दो स्थिति भयो, किनभने विगत ४ वर्ष यता उपसभामुख नै छैन। यदी पुरुष अनिवार्य भनेको भए खाली हुने बित्तिकै पूरा हुन्थ्यो। के कारणले सरकारको ध्यान गएको छैन? राजनीतिक दलहरुको ध्यान गएको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell