PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

जसपाको बाबुराम भट्टराई पक्षको बैठक सुरु

जसपाको बाबुराम भट्टराई पक्षको बैठक सुरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : जनता समाजवादी पार्टी,नेपाल (जसपा)को डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। जसपा भित्र अध्यक्षहरु उपेन्द्र यावद र भट्टराई पक्षबिच विवाद देखिएपछि दुबै पक्षले अलग अलग बैठक बोलाएका हुन्। यादवले पनि भोलिका लागि आफू पक्षको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

विभाजनका लागि दुबै पक्षले आफूसँग बहुमत रहेको बताउँदै आएको छ। त्यसको कसरत स्वरुप केन्द्रीय कमिटीका फरक/फरक बैठक बसेका हुन्। 

भट्टराई पक्षले यादवले पार्टीमा एकलौटी गरेको भन्दै असन्तुष्ट छ। पार्टीका निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप छ। उता यादवले पनि बाबुराम भट्टराईले पार्टी विभाजन गर्न खोजेको र पार्टीमा भागबण्डा खोजेको आरोफ लगाइरहेको छ। जसपामा यादव-भट्टराई सहमतिमै अलग हुनेगरि गृहकार्य भइरहेको नेताहरुले बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell