PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

छुरा हानेर हत्या गर्ने युवक समातिए



पहिलोपोस्ट

छुरा हानेर हत्या गर्ने युवक समातिए

काठमाडौंः हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङलाई पक्राउ गरेको हो।   

मादक पदार्थ सेवन गरी उनीहरूबीच झैं-झगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई सोमबार  नियन्त्रणमा लिएको हो।

छुरा लागेर घाइते भएका दर्जीको उपचारका लागि घोपा अस्पताल धरानमा मृत्यु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ।

               



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell