PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

चलचित्रकर्मीहरुले बालेनलाई सम्झाए स्थानीय मनोरञ्जन करमा छुट दिन गरेको बाचा



पहिलोपोस्ट

चलचित्रकर्मीहरुले बालेनलाई सम्झाए स्थानीय मनोरञ्जन करमा छुट दिन गरेको बाचा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपाली चलचित्रकर्मीको टिमले मंगलवार भेटघाट गरेको छ। फिल्मसँग सम्बन्धित डिजिटल बोर्ड, मनोरञ्जन कर र कल्याणकारी कोषलगायतका विभिन्न विषयमा बालेन र चलचित्रकर्मीबिच छलफल भएको हो।

अशोक शर्माको नेतृत्वमा भएको छलफलमा शर्मालगायत रविन्द्र खड्का, निर्मल शर्मा, खगेन्द्र लामिछाने, दीपाश्री निरौला, निश्चल बस्नेत लगायतका कलाकारहरूको उपस्थिति थियो। जसमा मनोरञ्जन करमा छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डहरू बनाउनुपर्ने, कम्पनी दर्ता, नगरछेउका विभिन्न स्थानमा छायाङ्कन गर्दा पूर्ण सहज र सहुलियत गर्नुपर्ने र कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखिएको अशोक शर्माले जानकारी दिए।

महानगरले सीमित स्थानमा मात्र डिजिटल बोर्डहरू राख्न पाइने निर्णय गरेको छ। जसले फिल्मको प्रचारप्रचारमा प्रत्यक्ष असर पारेको छ। नगरपालिकाले डिजिटल बोर्डको स्थापना गरेको खण्डमा भाडा तिरेर पनि प्रचारप्रसार गर्ने उनीहरूले बताएका छन्।

त्यसैगरी, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्ने उनीहरूको माग छ। कोषले स्वास्थ्य समस्यामा परेका चलचित्रकर्मीहरूलाई १ लाख सहयोग गर्दैँ आएको छ। रकम वृद्धिसँगै समस्यामा परेका चलचित्रकर्मीहरूलाई राहत मिल्ने उनीहरूको भनाइ छ।

बालेनले मेयर हुनुअघि स्थानीय मनोरञ्जन करमा २ प्रतिशत छुट गर्ने घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell