PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

सभामुखद्वारा पाँचवटा विधेयक प्रमाणित



पहिलोपोस्ट

सभामुखद्वारा पाँचवटा विधेयक प्रमाणित

काठमाडौं : विभिन्न पाँच वटा विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेका छन्। प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा पठाइएका ती विधेयकलाई राष्ट्रियसभाले पारित गरि सो सम्बन्धी सूचनासहित प्रतिनिधिसभामा पठाएको थियो। 

दुवै सदनबाट पारित भएका लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष ०७९।०८० को सेवा र कार्यको लागि संघीय संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकार व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकलाई सभामुखले प्रमाणित गरेका हुन्। 

सभामुखले प्रमाणित गरेका विधेयकलाई पत्रसहित राष्ट्रपति कार्यालयलाई पठाइनेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै विधेयकले कानुनी रुप लिनेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell