PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा



पहिलोपोस्ट

गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

काठमाडौं : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले असार २९ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा विदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो। प्रदेश सरकारले भानु जयन्तीसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दसैँमा पनि विदा दिने निर्णय गरेको थियो।

तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको जन्मजयन्ती मनाउन चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरिएको छ। वि.सं १८७१ असार २९ गते जन्मिएका आचार्यको वि.सं १९२५ असोज ६ गते निधन भएको थियो।

मोतिराम भट्टले भानुभक्तलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell