PahiloPost

May 15, 2025 | २ जेठ २०८२

हतियार खरिद प्रकरणविरुद्ध युवा संघको मसाल जुलुस, जलायो प्रधानमन्त्रीको पुतला

हतियार खरिद प्रकरणविरुद्ध युवा संघको मसाल जुलुस, जलायो प्रधानमन्त्रीको पुतला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल प्रहरीले हतियार खरिद गर्ने विषयका कारण अहिले सांसददेखि सडकसम्म तातेको छ। मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसदले प्रहरीले हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाए।

सोही विषयमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन तथा बृहत् मसाल जुलुस गरेको छ। संघले आज हतियार खरिद प्रकरणविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो।

सो क्रममा प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पत्नी आरजु राणा देउवाविरुद्ध नारा लगाउँदै पुतला समेत जलाएका थिए। प्रहरीले विरोध प्रदर्शनमा हस्तक्षेप गरेको थियो।

अहिले देशमा विदेशी मुद्रा सञ्जितिको अभाव देखिँदा राष्ट्र बैंकले केही विलासिताका वस्तुहरू आयत गर्न रोक लगाएको छ। यस्तो समयमा हतियार खरिद गर्नु गलत भएको सांसद तथा राजनीतिक नेताहरूको तर्क छ।



ट्रेन्डिङ पोस्ट

Ncell