PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

नेपाल टी २० लिगलाई आईसीसीको मान्यता, सेभेनथ्री स्पोर्टससँग पृष्ठभूमि जाँचेरै सम्झौता गरेको दाबि



पहिलोपोस्ट

नेपाल टी २० लिगलाई आईसीसीको मान्यता, सेभेनथ्री स्पोर्टससँग पृष्ठभूमि जाँचेरै सम्झौता गरेको दाबि
फाइल फोटो: क्यान

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको नेपाल टी २० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ। क्यानले एक विज्ञप्ति निकाल्दै आईसीसीले लिगलाई मान्यता दिएको र यसले उत्कृष्ट अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुको सूचिमा सामेल हुने विश्वास ब्यक्त गरेको छ।

क्यानले यो आफ्नो 'ड्रिम प्रोजेक्ट' भएको भन्दै लिगका लागि सम्झौता गरिएको सेभेनथ्रीस्पोर्टससँगको सम्झौतालाई लिएर थप प्रस्टाउन खोजेको छ। पछिल्लो समय एभरेस्ट प्रिमियर लिगले क्यान र सेभेथ्री स्पोर्टसबीचको सम्झौता गैह्रकानुनी भन्दै अदालतमै पुगेको छ। त्यस्तै संसदमा पनि यसविषयमा चर्चा भइसकेको छ। सम्झौताका केही प्रावधान विवादस्पद पनि देखिन्छन्। ईपीएल र यसको संस्थापक अमिर अख्तरले कानुन मिचेर सम्झौता गरिएको, बिडिङ बिना नै बिदेशी कम्पनी भित्र्याएको लगायतको आरोप लगाएका छन्। क्यानले भने ईपीएल लगायतका लागि क्षेत्रिय मान्यतामात्र दिन सक्ने निर्णय गरेको छ।

क्यानले सेभेनथ्रीस्पोर्ट्स व्यवसायिक पार्टनर भएको भन्दै पृष्ठभूमि राम्ररी परीक्षण गरेरमात्र सम्झौता गरेको तर्क गरेको छ। यसमा क्यानको उपलब्धिसँग पनि जोडेको छ।

क्यानले सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म लिग गराउने तयारी अघि बढाएको छ। ६ टोलीलाई 'होम एण्ड अवे' को अवधारणमा खेलाउने क्यानको तयारी छ।जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टन रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell