PahiloPost

Jul 4, 2025 | २० असार २०८२

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो



पहिलोपोस्ट

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

काठमाडौंः सुनको कारोबार मूल्य बुधबार पनि घटेको छ। अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँ घटेको हो।

बुधबारका लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिनका तुलनामा मंगलबार २ सय रुपैयाँ घट्दा प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको थियो।चाँदीमा पनि गिरावट छ। बुधबार ५ रुपैयाँ घटेर प्रतितोला ११ सय ७० रुपैयाँ भएको छ। मंगलबार १० रुपैयाँ घट्दा ११ सय ७५ रुपैयाँ प्रतितोला थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १७२४.७८ डलर र चाँदी १८.९३ डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell