PahiloPost

Jul 4, 2025 | २० असार २०८२

स्रोत नखुलेको रकमसहित दुई भारतीय समातिए



पहिलोपोस्ट

स्रोत नखुलेको रकमसहित दुई भारतीय समातिए

काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन्। बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले चेक गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित फेला पारी पक्राउ गरेको हो। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell