PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रतिनिधिसभामा पेश भयो नागरिकता विधेयक



पहिलोपोस्ट

प्रतिनिधिसभामा पेश भयो नागरिकता विधेयक

काठमाडौं : संसदमा संशोधन गरिएको नागरिकता  ऐन २०२२ को विधेयक पेश भएको छ।

प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पेश गरेका हुन्।यसअघि नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट नै फिर्ता भएको थियो।

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक फिर्ता भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो। गठबन्धनको सहमति अनुसार विधेयक फिर्ता लिने निर्णय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell