काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो।
अघिल्लो वरियतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो। एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ।
चौथो स्थानमा पाकिस्तान छ भने अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ। दक्षिण अफ्रिका छैठौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्ट इन्डिज नवौँ र अफगानिस्थान दसौँ स्थानमा छन्।