PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

चोरीएको मोबाइल खोजी गर्दा अभियुक्तबाट ८० राउण्ड गोली भेटियो



पहिलोपोस्ट

चोरीएको मोबाइल खोजी गर्दा अभियुक्तबाट ८० राउण्ड गोली भेटियो
फाइल फोटो

काठमाडौंः भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले पक्राउ गरेको थियो।  अनुसन्धानको क्रममा मोबाइल पसल पछाडि झाडीमा लुकाई राखेको तोडिएको ताला १ थान, फलामको रड १ थान, चोरी भएको मोबाइलहरूको खोल, १० लिटर पेट्रोल, अमुल जुस १९ थान फेला पारेको थियो। त्यस्तै सोही नगरपालिका-५ देवीबस्तीस्थित काली मन्दिरनेर झाडीमा पसलबाट चोरी भएको मोबाइलहरूको चार्जर २७ थान र उनको घरको पछाडी इँटामुनी लुकाई राखेको सिक्सर/रिभल्वर पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोली फेला पारी बरामद गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell