PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक



पहिलोपोस्ट

फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौं : राजु गिरी निर्देशित फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्म टिमले दुई पोस्टर सार्वजनिक गर्दैँ आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति तय गरेको हो।

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको केही समयअघि छायाङ्कन सकिएको थियो। हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक गिरीले जानकारी दिए।

यस फिल्ममा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सुस्मिता खत्रीको सिनेमाटोग्राफी रहेको फिल्ममा खुम बहादुर सुनारको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell