
काठमाडौं: क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिजको दोस्रो खेलमा नेपाल टस जितेर फिल्डिङमा उत्रने भएको छ। स्कटल्याण्डको ग्लासगोमा नेपालले टस जितेर घरेलु टोली स्कटल्याण्डलाई ब्याटिङको निम्ता दिएको हो।
नेपाली टिममा अघिल्लो खेलमा नामिबियासँग खेलेको टिमबाट कुनै परिवर्तन गरिएको छैन। आफ्नो पहिलो खेलमा नामिबियासँग पराजय ब्यहोरेको नेपाल सिरिजको दोस्रो खेलबाट पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। अर्कोतर्फ पहिलो खेलमा नामिबियालाई हराएको स्कटल्याण्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसीर अहमेद, सोमपाल कामी, आदील आलम अन्सारी